२०८२ श्रावण २०, मंगलवार ०८:०८

भारी मात्रामा लागूऔषधसहित ट्रक चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासले ठूलो परिमाणमा त्यारी गाँजासहित ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।



विशेष सूचनाको आधारमा ब्युरो प्रमुख प्रनानी सरोज अधिकारीको कमाण्डमा खटि गएको टोलीले बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रामगोपालपुर– ५ स्थित बजार चौकमा आइतबार साँझपख चेकजाँच गर्दा ४६५ किलो गाँजा बरामद भएको छ ।

बर्दिवास– जलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा गाँजा तस्करको चलखेल बढेको सूचनाको आधारमा रामगोपालपुर प्रहरीको सहयोगमा तलासी लिँदा ट्रकभित्र सेतो बोरा र रातो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको ब्युरो प्रमुख अधिकारीले जानकारी दिए ।

लागूऔषध गाँजासाहित पक्राउ परेका मकवानपुर राक्सिराङ गाउँपालिका– ५ का २६ वर्षीय ट्रक चालक मानबहादुर मुक्तानलाई आवश्यक कारबाहीका लागि अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News