२०८२ श्रावण २०, मंगलवार १५:२६

बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।



गृहमन्त्री लेखकले कानूनमा खराब कुराहरू आउँछन् भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा बैठकपछि कुरा गर्दै उहाँले बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्थालगायतमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो ।

बहुविवाहलाई मान्यता दिने कानून सरकारले ल्याउन लागेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।

गृहमन्त्री लेखकले कानून मन्त्रालयसमेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News