२०८२ श्रावण २१, बुधबार १३:२९

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज एक सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको सूचीमा चार सय ५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा भएकाे हाे ।



एनपीएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।

खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ‘ए’ मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

त्यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी छन् ।

प्रतियोगिताको लागि आउँदो साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News