२०८२ श्रावण २१, बुधबार १४:४४

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ ।

सम्मेलनमा भाग लिन आवाजा पुगेका प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



भेटमा दुई पक्षीय हित र गर्नसक्ने सहयोगबारे कुराकानी भएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News