२०८२ श्रावण २१, बुधबार १६:४६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अवस्थामा एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको र अन्तिममा उचित निकास निकालेको बताउनुभयो ।

नेकपा कालमा आफुले नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको र कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको उहाले स्मरण गर्नुभयो ।

प्रचण्डले एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको र व्याख्यात्मक टिप्पणीमा जोड दिएको धारणा राख्नुभयो ।

उहाँले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै भविष्यमा कुनै ‘बदमासी’ भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरुले एमसीसीका बारेमा चर्चा गरेका थिए ।

Comment

Related News

Latest News

Trending News