२०८२ श्रावण २१, बुधबार १७:०७

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले समाजलाई असर पार्ने बहुविवाह जस्ता कुनै पनि विधेयक सदनमा पेस नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक मूल्य र मान्यतामा प्रतिकूल असर पार्ने विधेयक संसदमा पेस नहुने बताएका हुन्।

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने।

सांसदहरूले बहुविवाह गर्न छुट दिनेसम्बन्धी मस्यौदा बनेको हो कि होइन भनेर सदनमा प्रश्न राखेका थिए। ती जिज्ञासाको जबाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रस्ताव अघि नबढाउने बताए।

Comment

Related News

Latest News

Trending News