
सुनको भाउ आज स्थिर रहेको छ ।
आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ ।
चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ रहेको थियो ।