२०८२ श्रावण २२, बिहीबार १५:३७

सर्लाहीको बलरामा चक्कु प्रहारको घटना भएको छ । घटनामा परेर तीन जना घाइते भएका छन् ।

बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो ।



झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।

धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि चक्कु प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।

Comment


Related News

Latest News

Trending News