
विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले ऐतिहासिक छलाङ मारेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो ।