२०८२ श्रावण २२, बिहीबार १७:४०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारसंग माग गर्नुभएको छ ।

अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक संसदीय समितिमा रोकिएको भन्दै छिटो पारित गर्न सरकारसंग माग गर्नुभएको हो ।



उहाले विद्यालय शिक्षा विधेयक पाारित र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए शिक्षा क्षेत्रका ९० प्रतिशत समस्या हल हुने बताउनुभयो । संविधानको मर्म अनुसार ऐन बन्न नसक्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उहाको भनाइ छ ।

प्रचण्डले अझै पनि ठूला पार्टीहरु शिक्षाको गुणस्तर बृद्धिमा गर्नमा भन्दा निजी क्षेत्रलाई नै प्राथमिकता दिने मानसिकतामा रहेको जिकिर गर्नुभयो ।

शिक्षामा सुधार गर्ने प्रयत्न गर्दा ठूला पार्टीले हमला गरेको भन्दै प्रचण्डले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता देखिएको जिकिर गर्नुभयो । उहाले वर्तमान सरकारले देश र जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो ।

त्यस्तै विद्यार्थीहरुको प्रश्नमा प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताउनुभयो । खतिवडाले राजीनामा नदिने ठूलो गल्ति हुने उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News