२०८२ श्रावण २३, शुक्रबार ०६:५५

जनमत पार्टीले निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

यसअघि ६ महिनाका लागि निलम्बनमा परेका ई. साहलाई जनमतले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।



पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न नसकेको, अध्यक्ष सीके राउतविरुद्ध लागेको लगायतका आरोप लगाउँदै ई. साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो ।

जनमतले नेता साहसँग स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ नदिएको र पार्टी अनुशासन निरन्तर उल्लघंन गरेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेता साहले विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप लगाइएको छ ।

अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको छ ।

Comment


Related News

Latest News

Trending News