२०८२ श्रावण २३, शुक्रबार ०७:१४

बाराको कलैया उपमहानगरपालिका–३ स्थित गंगापुरमा पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– ३ गंगापुरका रामईश्वर साहका सात वर्षीय छोरा सञ्जीत साह रहेका छन् ।



बुधबार घर नजिकै छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।

बालकलाई उपचारका लागि कलैयास्थित आशीर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News