२०८२ श्रावण २५, आईतवार ०८:५४

सर्लाहीको शंकरपुरमा कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको कुलोमा डुबेर बागमती नगरपालिका–१०, शङ्करपुरस्थित नयाँबस्तीका १४ वर्षीय कृष्ण मल्लिकको मृत्यु भएको छ ।



दिनेश मल्लिकका छोरा कृष्ण नुहाउन जाँदा कुलोमा डुबेका सर्लाही प्रहरीले जनाएको छ ।

कुलो भत्किएर पोखरी जस्तो भएको ठाउँमा डुबेका बालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News