२०८२ श्रावण २६, सोमबार ०८:०२

जनमत पार्टीबाट निष्काशित वरिष्ठ उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टी अध्यक्ष सीके राउतको अविलम्ब राजीनामा माग गरेका छन् । उनले अध्यक्ष सीके राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टीलाई लोकतान्त्रिक पद्धति प्रक्रिया अनुसार आफूलाई कारबाही गरे आफू सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।

अध्यक्ष राउतले पार्टीलाई निजी सम्पत्ति बनाएको, पारिवारिक पार्टीमा रूपान्तरण गरेको र भ्रष्टाचारको अवसर सिर्जना गर्ने रणनीति अपनाएको आरोप उनले लगाएका छन् । उनले आफूमाथि गरिएको कारबाहीलाई ‘सैतेनी प्रवृत्ति’ को रुपमा अथ्र्याएका छन् । ‘यदि सबै सचेत कर्मवीर स्वराजीहरूले यस्तै अवस्थामा राजीनामा दिन थाले भने मधेश र समाज अझ संकटमा पर्छ’ उनले चेतावनी दिए ।



पूर्ववरिष्ठ उपाध्यक्ष साहले स्वराजीहरूलाई व्यक्तिगत रिसिवी र मनोमानी हिसाबले कारबाहीको नाममा भय सिर्जना गरी पार्टी कब्जा गर्ने षड् यन्त्रबाट सचेत रहन आग्रह गरे । उनले पार्टी निर्माणका लागि दशकौँको परिश्रम, ठूलो आर्थिक खर्च, भोगाइ र बलिदानी सहजै आफूले नत्याग्ने प्रस्ट्याए । उनले भने, ‘लोकतान्त्रिक पार्टी हामीले निर्माण गरेका हौँ । त्यसैले लोकतान्त्रिक विधि अपनाएर मात्र कारबाही हुने र कस्तो कारबाही हुने भन्ने प्रक्रियालाई मान्यता दिनुपर्छ ।’ यसका साथै, स्वराजीहरूको बहुमतको आधारमा मात्रै कारबाही प्रक्रिया पूर्णता पाउनु पर्ने माग पनि दोहो¥याए । उनले ‘दुष्ट भावनाको प्रवृत्ति’ भएको अध्यक्ष राउतले पार्टीका लागि चाहिँदैन भन्दै तत्काल पदत्याग गर्न दबाब दिए ।

Comment


Related News

Latest News

Trending News