२०८२ श्रावण २६, सोमबार १६:०४

साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो ।



यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो । गएको वर्ष साउन २५ गतेसम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८ दशमलव ०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, गण्डकी प्रदेशमा ९२ दशमलव ७७ प्रतिशत, बागमती प्रदेशमा ९३ दशमलव ५६ प्रतिशत र कोशी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको छ ।

यसपालि धानको भण्डार मानिने मधेशमै रोपाइँ कम भएको छ । रोपाइँ कम हुनुका साथै ढिलाइ पनि भएको र खडेरीले रोपो पनि सुकेका कारण यसपालि धान उत्पादन घट्ने जोखिम रहेको कृषि विज्ञहरू बताउँछन् ।

Comment


Related News

Latest News

Trending News