२०८२ श्रावण २७, मंगलवार ०७:४९

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराईनजिक रहेको बताएको छ।

यसका प्रभावले मंगलबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर पूर्णतया बदली रहनेछ। मधेस लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Comment

Related News

Latest News

Trending News