२०८२ श्रावण २७, मंगलवार १८:३८

प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरण गर्ने प्रस्ट प्रस्तावसहित तीन दिनभित्र उपस्थित हुन कृषि, तथा पशुक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

रासायनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको हो ।



प्रधानमन्त्री ओलीले मन्त्री र कर्मचारीको नेतृत्वसँग जति रासायनिक मल हुनुपर्ने थियो त्यो किन हुन सकेन भन्दै प्रश्न गर्नुभएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभयो ।

साथै मल वितरण प्रभावकारी हुन नसेककोबारे प्रधानमन्त्रीको चासो छ । प्रधानमन्त्रीले नेपालमा मल कारखानाका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको पनि मन्त्री भण्डारीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News