२०८२ श्रावण २८, बुधबार ०६:४८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्ववरिष्ठ नेता अनिलकुमार झा सद्भावना पार्टीमा समाहित हुने भएका छन् । लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झा सद्भावना पार्टी समाहित हुने संकेत गरेका छन् ।

यसका लागि लामो समयदेखि विभिन्न ठाउँमा नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरी सद्भावना पार्टीमा समाहित हुने बारे विचारविमर्श गर्दै आएका थिए । जसका लागि उनी एक वर्षदेखि लोसपामा निष्क्रिय रहँदै आएका थिए । उनी लोसपामा नै रहँदा पनि नेपाल सद् भावना पार्टी प ु न र्ग ठ न गर्न खोजिरहेका थिए ।

नेपाल सद् भावना पार्टी र पञ्जा छाप चुनाव चिह्न लिने उनको प्रयास जारी रहे पनि सफल भने हुन सकेनन् । नेपाल सद्भावना पार्टीका अध्यक्षका रुपमा रहेका रामकुमार महतोसंग नेता झाले पटकपटक वार्ता तथा संवाद गरे पनि असफल हुँदै आएका थिए । त्यसपछि झाले सद्भावना पार्टीलाई सक्रिय बनाइ समाहित हुने निर्णय गरेको बतान्छ ।

पूर्वमन्त्रीसमेत रहेका नेता झाले अध्यक्ष महतोसंग पार्टीबारे छलफल गर्न खोजेपछि महतोले आफूलाई ‘ अपहरण गरेर कब्जा गर्न खोजेको’ भन्दै आयोगमा नेता झाविरुद्ध उजुरी दिएका छन् । जुन मुद्दा अहिले पनि चलिरहेको छ । तर उनले नेता झालाई सो पार्टी दिन चाहिरहेका छैनन् । निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन सकेका छैनन् ।

नेता झा रौतहटबाट पटकपटक सांसद रहँदै आए पनि पछिल्लो पटक धनुषा–३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । तर उनी पराजित भए । पूर्व उद्योगमन्त्री समेत रहेका झा विगतमा नेपाल सद् भावना पार्टीमा आबद्ध हुँदै संघीय सद्भावना पार्टी स्थापना गरेका थिए । राष्ट्रिय जनता पार्टी नेपाल गठन हुँदा उनले संघीय समाजवादी पार्टी नेपाललाई समायोजन गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता अनिल कुमार झाको राजीनामा साउन ४ गते स्वीकृत भएको छ । २०८१ चैत ८ गते झाले पार्टीको वरिष्ठ नेतासहित साधारण सदस्य समेतबाट सोही मितिदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।

झा लामो समयदेखि पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै आएका थिए ।

Comment


Related News

Latest News

Trending News