२०८२ श्रावण २८, बुधबार १८:४८
प्रहरीले धनुषामा गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रूपमा खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पप्पु शाह र सेलुदेवी राम रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उनीहरूकाे साथबाट २ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको उहाँले बताउनुभयो ।
पप्पुको दाहिने खुट्टामा गोली लागेको र अहिले अस्पतालमा उपचार भइरहेको छ भने सेलुदेवी प्रहरीको हिरासतमा छन् ।


