२०८२ श्रावण २९, बिहीबार १३:४१
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्।
सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको जनाइएको छ ।
भदौ १५ र १६ गते सांघाई सम्मेलन हुनेछ। उक्त सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।
साथै सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि उक्त अवसरमा भेटवार्ता गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री ओली भदौ मसान्तमा भारत भ्रमणमा पनि जाँदैछन्। भदौ ३१ गते भारत भ्रमणमा गएर असोज १ गते काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।


