२०८२ श्रावण ३०, शुक्रबार ०७:४९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै भित्र्याएका थिए । तत्कालीन सद्भावना पार्टीको राजनीतिबाट राजपा हुँदै यादव लोसपा नेपालमा पुगेका थिए । तत्कालीन राजपामा उनी महामन्त्री थिए ।



महतोले लोसपा छाडेर जातीय समूहमार्फत राजनीतिमा लागेपछि यादव निष्क्रिय बसेका थिए । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको उनलाई पार्टी प्रवेशमा सहमत गराइएको थियो ।

काठमाण्डुमा बिहीबार एक कार्यक्रम बीच यादवलाई देउवाले सदस्यता प्रदान गरी स्वागत गरे । उनलाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्ने बुझिएको छ ।

सहमहामन्त्री यादवले मधेशका अन्य पाँच जना नेता पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्ने गरी पार्टी प्रवेश गराउन तयारीमा भइरहेको दाबी गरे । कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी देवेन्द्र यादव पेशाले इञ्जिनियर हुन् । उनले राजपामा हुँदा विदेश विभाग प्रमुख थिए ।

Comment


Related News

Latest News

Trending News