२०८२ श्रावण ३०, शुक्रबार ०८:३९

भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ ।

भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका वीरगञ्जको टाउनहलमा यो नृत्य प्रस्तुत गरिएको छ । भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्य केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।



कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गरे, “नेपाल र भारतबीच सदियौँ देखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उनले भने, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”
नेपाल भारतको सम्बन्ध जन–जनमा आधारित रहेकाले कुनै अतताई शक्तिबाट खलहुन नसक्ने बताउदै भारतले नेपाललाई गर्दै आएको सहयोग अतुलनिय रहेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला घोषणा गरिएको जनकपुर रगंशाला निर्माणकार्यलाई आफ्नो नेतृत्वमा मधेस प्रदेश सरकारले गतिदिएको बताउदै मुलुककै ठुलो रहेको वीगन्जको रगंशाला निर्माणमा भारत सरकारको सहयोगको अनुरोध गर्दै मन्त्री जयसवालले भारतीय महाबाणिज्य दुतावास वीरगन्जलाई सहकार्यको लागीलाई अनुरोध समेत गरे ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । तराईमा देखिएको खानेपानि समस्याको दृघकालीन समाधानको लागी भारत सरकारको सहयोगको अपेक्षा व्यक्र गरे ।

भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताए ।महावाणिज्य दुत मिणाले नेपालको चौतर्फि विकासको लागी भारतको सहयोग निरन्तर जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

“भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, महावाणिज्य दुत मिणले विगत स्मरण गर्दै भने, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदान प्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”

इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा महाभारणका नायक अर्जुनले प्राप्त गरेको गाण्डिव धनुषमा आधारित अर्जुन शिव सम्बाद काथमा आधारित कथक नृत्यले कार्यक्रममा सहभागी सबैलाई मन्त्रमृग्ध बनाएको थियो ।कार्यक्रममा बारा पर्साका सुरक्षा प्रमुख,वीरगन्ज उधोग वाणिज्य संघका पदाधिकारी,उधोगी व्यापारी,सरकारी कर्मचारी ,बुद्धिजिवि,संचारकर्मि लगायत उल्लेखनिय सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News