२०८२ श्रावण ३०, शुक्रबार १२:५३

आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि  घटेको छ ।

चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News