२०८२ श्रावण ३०, शुक्रबार १६:५५

विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालमा एमसीसी परियोजना पुनः सक्रिय गर्ने अमेरिकाको निर्णयबिरुद्ध नेकपाले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।



प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर्रौ, एमसीसी परियोजना खारेज गर लगाएतका नारा लगाएका थिए । नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले एमसीसी देशको हित बिपरित रहेपनि दवावका आधारमा ठूला दलले अघि बढाएको आरोप लगाउनुभयो ।

उहाले नेपालमा स्थगीत भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै निरन्तर विरोध गर्ने स्पष्ट पार्नुभयो ।

Comment


Related News

Latest News

Trending News