२०८२ श्रावण ३०, शुक्रबार १९:१२

साउदी अरेबियामा रहेका कागजातविहीन नेपालीहरूको वैधानिकीकरण प्रक्रिया शुरु भएको छ । रियादमा रहेको नेपाली राजदूतावासले आजदेखि वैधानिकीकरण गरी श्रम स्वीकृति दिने काम शुरु गरेको हो ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताउनुभयो ।

श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताउनुभयो ।

सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा गएका नेपाली श्रमिकहरुले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । चार लाख जना भन्दा बढी नेपाली रहेको साउदीमा झन्डै दुई लाखको हाराहारीमा श्रम स्वीकृतिबिनै नेपालीहरू काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News