२०८२ श्रावण ३१, शनिबार ०७:३५

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका –३ स्थित रघुनाथपुरमा निर्माण हुन लागेको सडकको एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

रघुनाथपुरमा शुक्रबार जनकपुरधाम हँुदै महोत्तरीको रघुनाथपुर आएका प्रधानमन्त्री ओलीले स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत रघुनाथपुर बजारदेखि सोनमा–तराहरी–सुन्दरपुर खण्डको सडक निर्माणको शिलान्यास रघुनाथपुरमा गरेका छन् ।

मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित सो सडक एक करोड रुपियाँको लागतमा निर्माण हुन लागेको जनाइएको छ । हुलाकी सडकको रुपमा रहेको रघुनाथबजारदेखि सोनमा गाउँपालिकाको तराहरी हुदै सुन्दरपुरसम्म करिब ८.३८४ किलोमिटरको सडक कालोपत्रे गरिने भएको छ ।

मघेश प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार योजनाअन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने कार्यक्रम ल्याएको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण गरिने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपियाँ हुने र २०८३ चैत ११ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने योजना रहेको छ ।

Comment


Related News

Latest News

Trending News