२०८२ श्रावण ३१, शनिबार ०७:३८

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ७९औँ स्वतन्त्रता दिवस धूमधामका साथ मनाएको छ ।

प्रत्येक वर्ष अगस्ट १५ मा जस्तै यस वर्ष पनि वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । सो कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झण्डा फहराए पछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । त्यसपछि भारतीय राष्ट्रपति मुरमुरले राष्ट्रको नाममा गरिएको सम्बोधन महावाणिज्य दूत मिनाले सुनाएका थिए ।



सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति, देशभक्तिपूर्ण गीत र नृत्यका माध्यमबाट स्वतन्त्रताको महत्व र राष्ट्रिय गौरवलाई उजागर गरिएको थियो । महावाणिज्य दूतावासका अधिकारी, कर्मचारी, व्यापारी, विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा भारत–नेपाल मैत्री सम्बन्ध झनै मजबुत बनाउन निरन्तर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News