सर्लाहीको मलंगवामा सीमा सुरक्षा भवन निर्माण गर्नका लागि जग्गा खरिद गरिने भएको छ ।
मलंगवा नगरपालिका वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा निर्माण हुन लागेको सीमा सुरक्षा गुल्म भवन निर्माण गर्न केहि दिन पहिला सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वाटर सर्लाहीले ९ कठा १३ धुर जग्गा प्रति कठा १४ लाख ५० हजार रुपैयाँको दरले खरिद गरेको सशस्त्र प्रहरी बल सर्लाहीका नायब उपरिक्षक तथा सूचना अधिकारी गोपी कृष्ण भटराईले जानकारी दिए ।

१ करोड ३७ लाख ७५ हजारको लागतमा दशगजामा रहेका ९ कठा १३ धुर जग्गा खरिद गरेको सूचना अधिकारी भटराईले बताए । यस सम्बन्धमा दशगजा क्षेत्रमा जग्गा रहेका जग्गा धनी मलंगवा वडा नम्बर २ का तेजनारायण यादवले भने दशगजा क्षेत्रका जग्गाको खासै किनबेच हुँदैन । बैकले पनि दशगजाका जग्गा धितो राखेर ऋण दिदैन तेसैले यस क्षेत्रमा रहेका जग्गाहरुको मुल्य प्रति कठठा बढिमा १ लाख वा बढिमा १ लाख ५० हजारमा किनबेच हुने गरेको यादवले बताए ।
प्रति कठ्ठाको १४ लाख ५० हजार रुपैयाँको जग्गा सशस्त्र प्रहरी बल सर्लाहीले १ करोड ३७ लाख ७५ हजारको लागतमा मिलेमतो गरी खरिद गरेर सोही जमिनमा सशस्त्र प्रहरी बलका लागि भवन निर्माण गर्न २ करोड १९ लाख ९ हजार कु.अ.कर सहित विनियोजन गरेर भवन निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
यद्यपि मलंगवा– २ स्थित दशगजा क्षेत्र झिमनदीमा बाढी आउँदा जहिले पनि डुबानमा पर्ने गर्छ । जहाँ भवन निर्माण गरिएको छ । त्यो भवन पनि कमसल रहेको स्थानीयहरुको भनाइ छ । डुबान क्षेत्रलाई माटोले नपुरी भवन बनाउदा वर्षायाममा डुबानको जोखिम रहेको छ । सशस्त्र प्रहरी बल सर्लाहीले खरिद गरेको जग्गाको सरकारी दररेट बढिमा यदि रिंगरोडले छोएको छ, भने ५ लाख ५० हजार तथा मुख्य सडकले छोएको छैन भने १ लाख ७० हजार सरकारी मुल्यांकन रहेको सर्लाहीका मालपोत अधिकृत छविलाल नेपालले बताए ।
सशस्त्र प्रहरी बल सर्लाहीले १४ लाख पर्ने जग्गा १ करोड ३७ लाख ७५ हजारको लागतमा कसको दबाबमा र किन किनेर राज्यको ढुकुटी दोहन गरिएको छ । राज्यको लगानी बालुवामा पानी जस्तै भएको छ । सीमा सुरक्षा गुल्म भवन निर्माण कार्यमा व्यापक अनियमितता भएको जानकारहरु बताउँछन् । राज्यले भवन निर्माणमा भएको अनियमितता र लापरवाहीको बारेमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन सरोकारवालाहरुले जोडदार माग गरिएको छ ।

