२०८२ श्रावण ३१, शनिबार ०९:०६

पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ। नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा एक रूपैयाँ घटाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले शुक्रबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।  यो क्षेत्रमा अब पेट्रोलको भाउ १६१ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ।

Comment


Related News

Latest News

Trending News