२०८२ भाद्र १, आईतवार ०६:४०

दशैं तिहार नजिकिएसँगै नक्कली नेपाली रुपैयाँको कारोबारीहरुले सक्रियता बढाएका छन् । १ हजार रुपैयाँ र ५ सय रुपैयाँ दरका नक्कली नेपाली रुपैयाँको सीमावर्ती भारतीय क्षेत्रमा उत्पादन र वितरणको कार्य भइरहेको खुलेको छ ।

नक्कली नोटको कारोबारमा संलग्न रहेकाहरुले नेपाली नम्बरको व्हाट्सएपमा मैसेज(सन्देश) पठाएर अनेक प्रलोभन दिन थालेका छन् । नककली नोटको उत्पादन र त्यसको पैकेजिंगसम्मको भिडियो पठाएर कारोबार गर्न प्रलोभन दिने गरिएको छ । दशैं, तिहारको बेला रुपैयाँको खपत बढी हुने भएकाले नक्कली नोट चलाउन सजिलो हुने संवादमा बताउने गरिएको छ ।



३० हजार रुपैयाँ सक्कली नोट दिएर १ लाख नक्कली नोट पाउने बताउँदै प्रति लाख ७० हजार आम्दानीको प्रलोभन दिने गरिएको छ । नेपाली सीमासित जोडिएको भारतीय भूभागमा डेलिभरी दिने र त्यहाँबाट नेपालमा लगेर चलाउने जिम्मेवारी हुने नक्कली नोटको कारोबारीले बताउने गरेका छन् ।

नेपाली नक्कली नोट बनाउनेदेखि चलाउनेसम्मको धन्धामा संलग्न रहेका एकजना राना श्रीवास्तव नाम बताउनेले जनाए अनुसार सय बढी मानिस नक्कली नोटको कारोबारमा संलग्न रहेका छन् । एक महिनामै केही मानिसले १० लाखसम्मको नक्कली नोट लिने गरेको उनले दाबी गरे । भारतको सीतामढी जिल्लाको सोनवरसा बोर्डरले नेपालको सर्लाही जिल्लाको सदरमुकाम मलंगवालाई जोड्छ ।

सोनवरसा सुरक्षित रहेको दाबी गर्दै श्रीवास्तवले नक्कली नोट खरिद गर्नेहरुलाई त्यहाँ बोलाउने गर्छन् । ३० हजार सक्कली नोट दिएर १ लाख नक्कली नोट पाउने बताउँदै प्रति लाख ७० हजार आम्दानीको प्रलोभन दिने गरिएको छ ।

नेपाली सीमामा डेलिभरी दिने र त्यहाँबाट नेपालमा लगेर चलाउने जिम्मेवारी एजेन्टको हुने नक्कली नोटको कारोबारीले बताउने गरेका छन् । उनले जनाए अनुसार भारतीय भूमिमा असली र नक्कली नोटको लेनदेन गरी दुवै पक्ष सुरक्षित रुपमा आ– आफ्नो गन्तव्य तर्फ लाग्ने गर्छन् । भारतको बिहार राज्यको मुज्जफ् फरपुरमा कार्यालय समेत रहेको श्रीवास्तवले दाबी गरे ।

कार्यालयको नाम र बोर्ड नरहेको बताउँदै कारोबार गर्न चाहे व्हाट्सएपमा सम्पर्क गरी आउँदा कार्यालयमा समेत डिल गर्न सकिने उनले दाबी गरे । श्रीवास्तवका अनुसार मुज्जफ्फरपुर नै मुख्य स्थल रहेको बताइएको छ । नक्कली नोटको धन्धामा संलग्नहरुले नेपालीहरु मार्फत नै नोट चलाउन नेटवर्क विस्तार गरिरहेको बुझिएको छ । त्यसका लागि सोझै व्हाटस्एपमा फोन गरी एजेन्ट खोज्ने गरिन्छ ।

नेपाली नक्कली नोटको कारोबार भएकाले नक्कली र असली दुवै लेनदेन नेपाली रुपैयाँमा हुने गरेको उनको कथन छ । १ लाख नक्कली नेपाली लिन ३० हजार सक्कली नेपाली दिनुपर्ने श्रीवास्तव बताउँछन् । विगतमा पनि सर्लाही जिल्ला नक्कली नोट कारोबारको हबको रुपमा रहेको थियो । त्यहाँबाट नक्कली नोट बनाउने मेसिन, उपकरण र कच्चा पदार्थ सहित प्रहरीले केही मानिसलाई समेत पक्राउ गरेको थियो । सर्लाही र रौतहट तस्करीको सुरक्षित हब मानिन्छ ।

गाँजा, लागूऔषध, लत्ताकपडालगायतका कयौं मालसमानहरुको तस्करी हुने गरेको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले केही महिना पूर्व नक्कली नोट सहित मानिस पक्राउ गरेको बताउँदै जिल्लामा निगरानी बढाएको जनाए । ‘अबैध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्न विशेष उपायहरु अवलम्बन गरिएको छ ’उनले भने, नक्कली नोट, हुण्डी लगायतका धन्धाहरु नियन्त्रण गर्न प्रहरी परिचालित रहेको छ ।

गत वर्ष पनि नक्कली नेपाली नोट सहित केही मानिसहरु पक्राउ परेका थिए । खासगरी चाडपर्वलाई लक्षित गरी नक्कली नोटको धन्धा गर्नेले नेपालमा नक्कली नोट साउन भदाँैदेखि नै पठाउने गरेको बताइन्छ ।

सक्कली जस्तै देखिने नक्कली नेपाली नोटको पहिचान सहजै सबैले गर्न सक्दैनन् । नक्कली नोट सक्कली जस्तै देखिने र भीडभाड हुने पसल, मल लगायतलाई कारोबारीहरुले लक्षित गर्ने गरेको बताइन्छ । थोरै लगानी र बढी मुनाफा देखाएर नक्कली नोटको कारोबारीहरुले नेपालीहरुलाई समेत प्रभावमा पार्ने गरेको देखिन्छ ।

भारतमा रहेर अवैध नेपाली रुपैयाँ बनाउने धन्धामा नेपालीहरुको समेत संलग्नता रहेको हुने बलियो सम्भावना देखिन्छ । नक्कली नेपाली रुपैयाँ बजारमा आएको हुन सक्ने सम्भावना रहेकाले सतर्कतापूर्वक १ हजार र ५ सय दरको रुपैयाँको कारोबार गर्न सुरक्षा अधिकारीहरुले आग्रह गरेका छन् । नक्कली नोटले देशको अर्थ व्यवस्थालाई नै धराशायी बनाउन सक्ने जोखिम रहेकाले त्यसको कारोबारलाई पूर्णरुपेन बन्द गर्नुपर्ने आवश्यकता माथि जोड दिएको छ ।

video link below.

https://www.facebook.com/share/v/1D5JfqaWBL/

Comment


Related News

Latest News

Trending News