२०८२ भाद्र १, आईतवार १२:१६

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ। मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको जनाइएको छ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीसँगको भेटवार्ताको तयारीबारे छलफलका लागि भारतीय विदेश सचिव विक्रम मिस्री  नेपाल आएका छन् ।

Comment

Related News

Latest News

Trending News