२०८२ भाद्र १, आईतवार १८:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ ।

मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । मुलुकी संहितामा देखिएका कमीकमजोरहिरुलाई संशोधन गर्नुपर्ने उहाले बताउनुभयो ।

बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरु पनि देखिएको भन्दै उहाले यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूराका पूरा साथ रहने जिकिर गर्नुभयो ।

उहाँले समाजलाई सच्चरित्रमा विकसित गर्दै आग्रहहिन ढंगले कानुनको कार्यान्वयन र व्याख्या गर्न लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

Comment


Related News