
जनमत पार्टीले क्रमवद्ध रुपमा प्रश्न उठान गर्ने पदाधिकारीमाथि कारबाही डन्डा अध्यक्ष सीके राउतले चलाउन थालेपछि पदाधिकारीहरु आफूलाई असुरक्षित महसुस गरिरहेका छन् ।
जनमतका अध्यक्ष राउतले आफ्ना नातागोता आफन्तलाई पद र शक्तिमा पु¥याएपछि नेता तथा कार्यकर्ताले प्रश्न तेर्साउन थालेपछि कार्यकर्तादेखि नेता र पदाधिकारीहरुलाई अहिलेसम्म पनि विभिन्न बहानामा आफू अनुकूल अनुशासन समिति र पदाधिकारी चयन गर्दै निष्कासनसम्म गर्ने गरेका छन् ।

पदाधिकारीहरूलाई नै निष्कासनको संकेत सहित अध्यक्ष राउतले स्पष्टीकरणको चाङ नै लगाएका छन् । आफ्ना दाजु जयकान्त राउतसहित निश्चित नेता बाहेकका पदाधिकारीहरूलाई धमाधम स्पष्टीकरण सोध्ने र केही महिनापछि कारबाही गर्ने प्रक्रियागत प्रवृत्तिले अध्यक्ष राउतमाथि शक्ति र नगदे आर्थिक लाभको राजनीति गर्न खप्पिस रहेको उनकै समकक्षी ई.दीपक साहको आरोप छ ।
केन्द्रीय उपाध्यक्षद्वय अब्दुल खान र बसन्त कुशवाहले स्पष्टीकरण दिइसकेका छन् । खानेपानी तथा सरसफाइमन्त्रीबाट बाहिरिए लगत्तै खानसँग स्पष्टीकरण सोधिएको थियो । त्यस्तै महासचिव चन्दन सिंह र सचिव अनितादेवी साहसँग पनि स्पष्टीकरण सोधिएको थियो ।