
मधेश प्रदेशमा यस वर्ष ८६ प्रतिशत धान रोपाइँ भएको छ ।
देशभर ९४ प्रतिशत धान रोपाइँको तथ्यांक रहे पनि सबैभन्दा कम मधेश प्रदेशमै धान रोपाइँ भएको छ । अहिले देशभरमा ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाइएको छ ।

गत वर्ष सोही अवधिमा ९८ दशमलव ४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ धान रोपाइँ भएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा ९९ दशमलव ३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९७ दशमलव २७ प्रतिशत, गण्डकी प्रदेशमा ९४ दशमलव ८३ प्रतिशत र कोशी प्रदेशमा ९४ दशमलव ४२ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।
देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।