
२०८२ भाद्र ३, मंगलवार ०८:४२
कैलालीको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्ण शङ्कर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुससहित पक्राउ परेका यादवविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

कैलाली जिल्ला चुरे गाउँपालिका वडा नम्बर ६ मा रहेको ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको छोडपुर्जीका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै मुद्दा दायर गरेकाे अख्तियारले जनाएको छ ।
रकम लिइसकेको अवस्थामा यादवलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।