२०८२ भाद्र ३, मंगलवार १७:२५

संघीय संसद्का विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बिपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । उहाले उपसभामुखलाई हटाउन नहुनेमा सवै बिपक्ष दलहरुबीच एकमत रहेको बताउनुभयो । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उहाले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गर्नुभयो ।



त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिनुभयो । उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारुढ दलको षड्यन्त्रको बिपक्षी दलहरु एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताउनुभयो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले बिपक्षीलाई कमजोर पार्न गरिने सवै प्रकारका षडयन्त्रको प्रतिकार गर्नुपर्ने बताउनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News