
मुख्यमन्त्री सतीश कुमार सिंहले मधेश प्रदेशमा जलवायुमा आएको परिवर्तनको असर कम गर्न कम प्रदूषण हुने गरि इँटा उद्योग सञ्चालन गर्नका लागि आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको बुधबार जनकपुरधाम उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरले नै मधेशमा यसवर्ष कम वर्षा हुनुका साथै तापक्रम बढ्न थालेकाले वातावरणमा कम क्षति हुने गरि इँटासहितको उद्योग सञ्चालनका लागि उपायहरू अपनाउनका लागि आग्रह गरे ।

उनले इँट्टा उद्योगमा श्रमिक तथा दक्ष मजदुरको अभाव भएकाले दक्ष जनशक्ति स्वदेशमा नै उत्पादनका लागि प्रशिक्षण सहितको कार्यक्रमहरू गर्नका लागि मधेश प्रदेशका घरेलु तथा साना उद्योगलाई निर्देशन दिए । उनले इँटा उद्योगमा अधिकांश मजदुरहरू भारतीय भएका कारणले नेपालको धेरै पूँजी बिदेसिने गरेको भन्नुहुँदै नेपाली श्रमिकलाई नै इँट्टा उत्पादनका दक्ष बनाएर काम गर्नका लागि अभिप्रेरित गर्न जरुरी रहेको बताए ।
उनले मधेश प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउन थोरै कर लिनु प्रदेश सरकारको बाध्यता रहेको भन्दै इँट्टा उद्योगको विकास तथा यसका उत्पादनको खपत बढाउनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले वातावरण प्रदूषण कम हुने उपायको अवलम्बन गर्नका लागि उद्योगीहरूलाई आग्रह गर्दै व्यवसायीलाई बढी करको बोझ दिँदा त्यसको मारमा आम उपभोक्ता पर्ने बताए ।
नेपालमा दर्तामा रहेका १ हजार ३ सय ३९ इँटा उद्योग मध्ये मधेश प्रदेशमा मात्र ७ सय दर्ता रहेका छन् भने त्यस मध्ये ३ सय २० वटा सञ्चालनमा रहेका छन् । इँट्टा उद्योगमा ३ लाख मिस्त्री तथा मजदुरहरूले रोजगारी पाइरहेको र त्यसमा ९० प्रतिशत मजदूर भारतीय नागरिक भएको नेपाल इँट्टा उद्योग महासंघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साहले जानकारी दिए ।
नेपाली दक्ष मजदुरको अभाव रहेकाले भारतीय मजदुरहरूले अवसर पाएको नेपाल इँट्टा उद्योग महासंघ मधेश प्रदेशले जनाएको छ ।
अध्यक्षमा पुनः विक्रम साह चयन
नेपाल इँट्टा उद्योग महासंघ मधेश प्रदेशको नयाँ कार्यसमिति चयन गरिएको छ ।
जनकपुरधाममा बुधबार भएको दोश्रो अधिवेशन तथा तेश्रो सधारणसभाबाट पुनः विक्रम कुमार साहको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्षमा संजय चौधरी, महासचिवमा अशोक जयसवाल र कोषाध्यक्षमा रामबाबु पँजियार रहेको छन् । त्यस्तै सदस्यहरुमा मो. मुसलिम मिया, कृष्णादेव पण्डित, पुनम चौधरी, रामकृपाल यादव, लक्ष्मण राय यादव, मनोज साह, विष्णु प्रसाद मैनाली, गेनालाल प्रसाद, बेदे आले, ओमप्रकाश यादव र गौरीशंकर साहलाई चयन गरिएको छ । त्यसैगरि सल्लाहकारमा अवदुल हकिम, मोहन साह र शिव पुजन साहलाई चयन गरिएको छ ।