
आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।

त्यसअघि गएको मंगलबार सुनको मूल्य तोलामा एक हजार दुईसय रुपैयाँ घटेको थियो। गएको मंगलबार सुन तोलामा आठसय रुपैयाँ बढेको थियो। त्यसयताका दुई दिनमा सुन तोलामा दुई हजार आठसय रुपैयाँ घटेको थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर दुईहजार दुईसय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।