२०८२ भाद्र ५, बिहीबार १५:१०

विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउदै निजि विद्यालय सञ्चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

निजि विद्यालय बन्द गराउने गरि विधालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याव्सन, नेशनल प्याव्सन, हिसान लगाएतले संयुक्तरुपमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।



विधालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केहि प्रावधानहरु अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ । पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने , कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने निजि विद्यालय सञ्चालकहरुले जनाएका छन् ।

प्याब्सनका सल्लाहकार डिके ढुङ्गानाले विद्यालयले विधाथीको अभिभावक बन्न सक्ने तर आमाबाबु नै बनेर जिम्मा लिन नसक्ने बताउनुभयो । विधेयकमा रहेका कतिपय अव्यवहारिक बिषयलाई हटाउनुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै आन्दोलनका लागि उदयपुरबाट आउनुभएका प्याव्सन उदयपुरका बरिष्ठ उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले विधेयकका रहेका केहि प्रावधानहरुले निजि विद्यालय बन्द हुने अवस्थामा पुग्ने भएकाले बाध्य भएर विरोध जनाउनुपरेको बताउनुभयो ।

निजी विद्यालयहरुले भदौ ६ गते शुक्रबार विहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने र भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News