२०८२ भाद्र ६, शुक्रबार ०७:२३

पर्साको वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका मठ, मन्दिर, मस्जिद र चैत्यहरूको संरक्षण र व्यवस्थापनका लागि विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ ।

सम्पूर्ण धार्मिक स्थलहरूलाई अनिवार्य रूपमा अभिलेखिकरण गरी सूचीकृत गरिने जनाइएको छ । वीरगञ्ज महानगरले धार्मिक र पुरातात्विक महत्वका सम्पदाहरूको दिगो संरक्षणका लागि सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै ल्याएको छ ।



सोही अनुसार वीरगञ्ज महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक स्थलहरूको तथ्यांक संकलन गरिनेछ। यस कार्यबाट सम्पदाको संरक्षण र व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सहज हुने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जका मेयर राजेशमान सिंहको संयोजकत्वमा गठित समितिले धार्मिक स्थलहरूलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्य रहेको जनायएको छ । मेयर सिंहले जनाएअनुसार हाल व्यक्तिगत स्वार्थमा सञ्चालित कतिपय धार्मिक संस्थाहरूलाई अब नियमन गरिनेछ ।

भक्तजनले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ निगरानी गरिने उनको भनाइ छ । सो समितिले अब प्रत्येक वडामा रहेको सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र सोही आधारमा संरक्षणका कार्यक्रमहरू अघि बढाउने योजना रहेको छ ।

Comment


Related News

Latest News

Trending News