२०८२ भाद्र ६, शुक्रबार १२:३३

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँ थियो ।



त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ९० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News