२०८२ भाद्र ६, शुक्रबार १५:१५

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था उल्लेख गरिएको उहाले बताउनुभयो । त्यस्तै भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्न समेत कानूनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिनुभयो ।

यसअघि बिहिबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपा सांसदहरुले असहमति जनाएका थिए ।

Comment


Related News