२०८२ भाद्र ७, शनिबार ०७:५५

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहप्रति असन्तुष्टि पोख्दै सरुवा भएको बताएका छन् ।

गृह मन्त्रालयले सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा प्रजिअ अर्यालले मेयर सिंहको दोहोरो भूमिकाको कारण आफूलाई कामकारबाहीमा समस्या भएको आरोप लगाए । उनले पछिल्लो समय महानगरका मेयर राजेशमान सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गरिरहेका थिए ।



प्रजिअ अर्यालले भने, ‘महानगरको मेयर र जिल्ला प्रशासनबिच एउटा सहमति हुन्थ्यो, तर पछि महानगरले आफ्नो स्वार्थ अनुसार अर्को निर्णय गथ्र्यो । जस कारण वीरगञ्जको सामाजिक सद्भाव नै बिग्रने अवस्थामा पुग्थ्यो । यसका कारण काम गर्न एकदम कठिनाइ हुन थालेको थियो ।’ वीरगञ्ज महानगरमा मेयरसँग काम गर्न सक्ने अवस्था नभएपछि समयावधि नपुग्दै आफ्नो सरुवा मागेको अर्यालको आरोप छ ।

यसका बाबजुद आफ्नो १० महिने कार्यकालमा नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको उनको दाबी छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवामा सहजताका लागि स्थानीय भाषामा सूचनादेखि लिएर अन्य हेल्प डेस्कहरू स्थापना गरी सेवा प्रवाह गरेको उनी बताउँछन् । वीरगञ्ज भन्सारको कार्यालयका कारण आन्तरिक रुपमा सिस्टम लागु गर्न नसकिएको उनको दाबी छ ।

गृह मन्त्रालयले मंगलबार २० जना सहसचिव र २४ जना उपसचिवको एकै पटक सरुवा गरेको थियो । सोही क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्यालको स्थानमा पाल्पामा कार्यरत तोय नारायण सुवेदी पर्साको जिम्मेवारी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News