
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । आव २०८१/८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो ।