२०८२ भाद्र ८, आईतवार ०७:२१

प्रतिनिधिसभामा प्रस्तावित भूमि विधेयकविरुद्ध उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी आन्दोलन गर्ने भएको छ ।

भदौँ ९—१५ गतेसम्म देशैभरि भूमि विधेयकविरुद्ध आन्दोलन गर्न सबै तहका पार्टी कमिटीलाई जसपा नेपालले सर्कुलर जारी गरेको छ । भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको जसपा नेपालको ठहर छ ।



पार्टी महासचिव लालबाबु राउतले पार्टी संगठनलाई शनिबार पत्राचार गर्दै कडा आन्दोलन गर्न र अवरोध भए प्रतिकारको तयारी गर्न समेत निर्देशन दिए ।

सरकारले राष्ट्रियहित विपरीत विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले आन्दोलन चर्काउने निर्णय गरेको जनाइएको छ । प्रस्तावित भूमि विधेयकमा जसपा नेपालले १० बुँदे संशोधन खोजेको छ ।

संसद्को विपक्षी दल जसपा नेपालले भूमिसम्बन्धी विधेयकमा असहमति जनाउँदै संशोधन प्रस्ताव पेश गरेको थियो । प्रस्तावित विधेयकका प्रावधानहरूले चुरेको वन मास्न र भू–माफियालाई पोस्न खोजेको जसपा नेपालको दाबी छ ।

वैशाख २३ मा सरकारले प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयक पेश गरेको थियो ।

Comment


Related News

Latest News

Trending News