
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका झुटा आरोपको विरोधस्वरुप जनकपुरधाममा विशाल विरोध प्रदर्शन भएको छ।
जसपा नेपाल धनुषाको आयोजनामा भएको विरोध प्रदर्शन जनकचोकबाट शुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

हजारौको सहभागिता रहेको विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले मधेश माथिको षडयन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छन ।
भूमि विधेयकमा अहसयोग गरेको झोकमा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउँन षडयन्त्र भइ रहेको भन्दै उनिहरुले सरकारको आलोलना गरे्का थिए ।
प्रदर्शनकारीहरुले भूमि विधेयक फिर्ता लेउ, झुठा मुद्दा खारेज गर, मधेशमाथि षडन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । जनकचोकमा सम्पन्न कोणसभामा नेताहरुले सरकारद्वारा भइ रहेको मधेश माथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।
भूमि विधेयक मार्फत मधेशलाई औपनेशिकीकरण गर्दै मरुभूमिमा रुपान्तरण गर्ने षडयन्त्रको विरोध गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो मुद्दा फसाउन राज्य संयन्त्र लागि परेको आरोप समेत लगाएका थिए ।