२०८२ भाद्र ९, सोमबार ०६:५९

मधेश सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको जनाएको छ ।

हालसम्म मधेश आन्दोलन तथा माओवादीको विद्रोहका क्रममा मारिएका १ सय ४० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष इञ्जिनियर शुभम् यादवले जानकारी दिए ।



मधेश प्रदेश सरकारले मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत भएका परिवारलाई सबुद प्रमाणको आधारमा स्वास्थ्य बीमा गर्ने कार्यलाई निरन्तरता दिएको जनाइएको छ ।

यस अघि मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारलाई उपचारमा सहजता होस् भन्नका लागि शहीद परिवारका ५ जना सदस्यको स्वास्थ्य बीमा गरिएको छ ।

मधेश प्रदेशमा नेकपा माओवादीको विद्रोहका क्रममा राज्य तथा विद्रोही पक्षबाट गरेर १ हजार ६ जना तथा मधेश आन्दोलनको क्रममा घाइते तथा अंगभंग भएका १ सय ६४ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य प्रतिष्ठानले लिएको अध्यक्ष यादवले बताए ।

Comment


Related News

Latest News

Trending News