२०८२ भाद्र १०, मंगलवार ०८:३३

अमेरिकाले भारतका सामानमा बुधबार (अगस्ट २७) देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागु हुने भएको हो।



यस विषयमा अमेरिकाको गृह सुरक्षा विभागले आज नयाँ भन्सार करसहित सूचना जारी गरेको छ।

अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्नेछ।

अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहेको कारण देखाउँदै भन्सार कर बढाएको हो। ताकि भारतले रुसबाट तेल किन्न बन्द गरोस्।

भारतले भने ‘यो कार्य अनुचित र तर्कहीन’ भएको बताएको छ।

Comment


Related News

Latest News

Trending News