२०८२ भाद्र १०, मंगलवार १२:०७

सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउन एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।



सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना रहेको गृह मन्त्रालयले जनाएको छ ।

Comment


Related News