२०८२ भाद्र १३, शुक्रबार ०८:०२

करिब एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बुधबार परामर्श समितिको बैठक बसेको थियो । त्यहाँ प्रतिपक्षी दलका नेताहरुले प्रतिपक्षको अनुपस्थितिमा बजेट पास गरेको भन्दै असन्तुष्टि जनाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका उपनेता युवराज भट्टराईले जानकारी दिए ।



उपनेता भट्टराईले भने, ‘ हिजोको समस्या समाधान नगरी प्रदेसभा सञ्चालन प्रतिपक्षलाई मान्य छैन भनेर हामीले आपत्ति जनाऔं,’ उनले अघि थप्दैँ भने, ‘बजेट पास गर्ने बेला प्रतिपक्ष चाहिएन भने अहिले किन चाहियो ? प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रापाले बहिष्कार गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News